मंसिरभित्रै पुनःसंरचना प्रतिवेदन सरकारलाई बुझाउने : पौडेल

मंसिरभित्रै पुनःसंरचना प्रतिवेदन सरकारलाई बुझाउने : पौडेल

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,मंसिर २० ।

स्थानीय तह पुनःसंरचना गर्न गठित आयोगका अध्यक्ष बालानन्द पौडेलले मंसिर मसान्तभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारी भईरहेको बताउनु भएको छ ।

तराईका सात जिल्लाबाहेक सबै जिल्लाबाट पुनःसंरचना सिफारिस आइसकेकाले मंसिरभित्र प्रतिवेदन बुझाइने तयारी भएको पौडेलले बताउनु भयो ।

अहिले ६८ जिल्लाका प्राप्त प्रतिवेदनलाई अन्तिम तयार पार्ने काम भईरहेको आयोगले जनाएको छ । तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबाहेक सबै जिल्लाको प्रतिवेदन आयोगमा आइसकेको छ ।

यसअघि, आयोगले मंसिरको दोस्रो हप्ता प्रतिवेदन बुझाउने भनेको थियो । वि.सं. २०७२ चैतमा स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले पहिलो चरणमा चैत ४ गतेदेखि काम थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ