काठमाण्डौ ,२० मंसिर ।
स्वास्थ्य मन्त्री गगन थापाले सबै नागरिकको अनिवार्य स्वास्थ्य सेवा बीमा गरिए गरिव र विपन्नहरुले पनि उपचारको अभावमा मृत्युवरण गर्नु नपर्ने बताउनु भएको छ ।
धादिङको सेम्जोङ्ग–५, खत्रीपाङ्ग स्थित चौतारा माध्यमिक विद्यालयको ८ कोठे नवनिर्मित भवनको उदघाटन गर्दै मन्त्री थापाले आफ्नो स्वास्थ्य उपचारका लागी अग्रिम वचतको बानी बसाउ स्वास्थ्य विमा आवश्यक रहेको बताउनु भयो ।
आफ्नो कार्यकालको महत्वपूर्ण निर्णय नै स्वास्थ्य बीमा रहेको भन्दै मन्त्री थापाले सरकारले सबै नागरिकको अनिवार्य स्वास्थ्य सेवा बीमाको व्यावस्था गर्ने पनि जानकारी दिनुभयो ।
स्वास्थ्यक्षेत्र सुधारको माग राख्दै फेरी पनि डा. गोविन्द केसी अनसन बस्नु नपर्नेगरी सरकारले काम सुरु गरेको पनि बताउनु भयो ।
खत्रीपाङ्गमा रहेको चौतारा माध्यमिक विद्यालय भुकम्पले भत्काए पछि करिव१ करोड ५ लाखको लागतमा निर्माण भएको हो ।