मध्यतराईबासीले एयरपोर्ट र फास्ट्रयाक बनाउन दिए सरकारलाई प्रति परिवार १ रुपैयाँ

मध्यतराईबासीले एयरपोर्ट र फास्ट्रयाक बनाउन दिए सरकारलाई प्रति परिवार १ रुपैयाँ

अभियान टोली पैदल यात्रा गर्दै काठमाडौं आइपुग्यो

  • सोमवार, मंसिर २०, २०७३
  • अशोक कुँवर

  • 9.4K
    SHARES

काठमाडौँ, २० मङ्सिर । बारामा निर्माण गरिने दुई ठुला आयोजनाको काम तत्काल सुरु गर्न माग गर्दै एयरपोर्ट फास्ट्रयाक निर्माण सङ्घर्ष समितिले आज प्रधान मन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

समितिले आज बिहान माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा पुगेर बारा – काठमाडौँ फास्ट्रयाक र दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न भन्दै ज्ञापन पत्र बुझाएको हो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री दाहालाई भेटी समितिले ४ बँुदे मागसहितको ज्ञापन पत्र र बारा, पर्सा, रौतहट, मकवानपुर र दक्षिण ललितपुरका स्थानीय जनताको हस्ताक्षर सहित सङ्कलित रकमसमेत बुझाएको अध्यक्ष रविराज दङ्गालले बताए ।

ज्ञापन पत्र बु झ्दै प्रधान मन्त्री दाहालले नेपालकै लगानीमा यी दुई ठुला आयोजना निर्माण गर्ने योजना रहेको भन्दै चाँडै काम सुरु गराउन आफूले पहल गर्ने आश्वासन दिए । दाहालको अभिव्यक्तिमा आफू निरीह भएको तर ज्ञापन पत्र, सङ्कलित हस्ताक्षर र रकमले कर्मचारी र सत्ता साझेदार दललाई दबाब दिने भन्ने भाव झल्एिको एक अभियानकर्मीले बताए ।

15354133_626163947573290_1761545884_o

आयोजना निर्माणमा दबाब दिन समितिले यसअघि पाँच जिल्लाका जनताको हस्ताक्षर अभियान चलाउनुका साथै एक घर एक रुपैयाँका दरले रकम सङ्कलन गरेको थियो । सोही रकम आज प्रधान मन्त्रीलाई हस्तान्तरण गरेको हो ।

baraaviyan

यस्तै समितिले आजै सत्ता साझेदार दल नेपाली काँग्रेस, प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि ज्ञापन पत्र बुझाउँदै छ ।

15369786_626154204240931_1604633894_o
मङ्सिर १७ गते निजगढको सडक टोलबाट करिब ७० जनाको सङ्ख्यामा पैदल यात्रा गरेर हिजो राती काठमाडौँ आइपुगेको हो । साथै आज बिहान १० बजे ललितपुरको एकान्तकुनाबाट ¥याली निकाली आजको अभियान सुरु गरेका हुन् ।

15321702_626154194240932_1492935205_oअभियानमा पैदल यात्री केदार बजगाईँ, मनोज पन्त, विदुर बजगाईँ, कुमार तिमल्सिना, कृष्ण पुडासैनी, शिव न्यौपाने लगायत सहभागी छन् ।

15354274_626154200907598_100403908_o 15354086_626154180907600_865201350_o

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी