नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल

नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । हजारौं दर्शकहरुको वाहवाहीका बीच सम्पन्न हेर्दै डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् ।

सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी नोभिस पुरुषतर्फ भीम होनाले पहिलो स्थान, विवेक ह्युम्बाले दोस्रो स्थान र राम रामानन्द सरदारले तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ आरजु सिंह ठकुरी र सुजना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । सबैले फरक फरक स्टन्ट प्रदर्शन गरेका थिए ।

ग्रुप पर्फमेन्स समेत भएको थियो । प्रतियोगितात्मक रुपमा बाइकर्स मार्ट नेपाल विजयी भए पनि अडियन्स च्वाइस तर्फ आरओबी अर्थात राइडर्स अफ भक्तपुरको प्रदर्शन उल्लेखनिय रहेको थियो ।

मोटरसाइकलमा स्टन्ट गर्नु र यस्तो प्राविधिक कौशलता प्रस्तुत गर्न पाउनु धेरै युवाहरुको चाहना र सपना रहेको पाइन्छ ।

khel

यस प्रकारका प्रतिस्पर्धाले उनीहरुलाई यस्तो अवसर दिन्छ । भविष्यमा यस्ता खालका प्रतियोगितामार्फत अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिताका लागि उपयोगी हुन सक्छ ।

unnamed

यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठुला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले एनसीए इभेन्ट्सको सहकार्यमा हुने यो प्रतियोगिता सम्पन्न गरेको हो । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत साथ रहेको थियो ।

khel1

प्रतियोगिताको मुख्य प्रायोजक टीभीएस अपाचे रहेको थियो । त्यसैगरी प्रायोजकहरुमा एस ब्रिटिश मोटरसाइकल, यूएम मोटरसाइकल र माउन्टेन डिउ रहेका थिए । त्यसैगरी रेडबुल, म्याक लुब्रिकेन्ट्स, क्यास्ट्रोल लुब्रिकेन्ट्स, पेट्रोनास लुब्रिकेन्ट्स आदि समेत सह–प्रायोजक रहेका थिए । मिडिया एन्ड म्यागजिन पार्टनरको रुपमा अटो लाइफ, अटो नेपाल र नेपालअटो डटकम रहेका थिए ।

unnamed-1 unnamed-2 khel3 khel4 khel5 khel6 khel7

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी