काठमाण्डौ ,२० मंसिर ।
विप्लब नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण सिन्धुलिको जनजिवन बिहानैबाट प्रभावित भएको छ ।
यसअघि पक्राउ परेका माओवादी नेता कार्यकर्ताको रिहाईको माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार नै आज माओवादीले बन्द आह्वान गरेको हो ।
बन्दका कारण सो क्षेत्रका बजार पसर , शिक्षण संस्था , करकारखाना सबै ठप्प छने यस्तै सिन्धुली भित्रने ताथा बाहिरिने सवारी साधन पनि सन्चालन आएक छैनन् भने पूर्व पश्चिम राजमार्ग समेत ठप्प भएको छ ।
बन्दका क्रममा प्रहरीले आज बिहानै अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० की नारायणी ब्युरो संयोजक मनु अछामि लाई गिरफ्तार गरेको छ । बिहान ९ बजे सिन्धुलीको कमलामाई नगरपालिका स्थित बसपार्कबाट पक्राउ गरेको सो पार्टीले जनाएके छ ।
तीन दिन अघि पत्रकार सम्मेलनका क्रममा आयोजना स्थलबाटै सिन्धुलीका पार्टी सेक्रेटरी राजु कार्कीलाई प्रहरीले पक्राउ गरेपछि माअेवादीले उहाको रिहाईको माग गर्दै आज सिन्धुली बन्द गरेको हो ।