संविधान संशोधन प्रस्तावको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन र बन्द जारी

संविधान संशोधन प्रस्तावको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन र बन्द जारी

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ,२० मंसिर ।
सरकारले ल्याएको संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ बाट तराई र पहाडी जिल्लालाई छुट्याएको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन र बन्द आह्वान गरिएको छ ।

रुपन्देही जिल्लामा आज छैटौं दिनपनि बन्द कायम रहँदा त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल तथा शिक्षण संस्था ठप्प रहँदा पठनपाठन प्रभावित बनेको छ ।

उपचारका लागि बाहिरी जिल्लाबाट आएका विरामी र भारत आउजाउ गर्ने प्रवासी नेपाली समस्यामा परेका छन् । संशोधन प्रस्तावको विपक्षमा रहेका विद्यार्थी संठन र प्रदेश नम्बर पाँच संयुक्त संघर्ष समितिले आजपनि बिहानै देखि बुटवलका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेको बताइएको छ ।

संशोधन विधेयकले देश विखण्डन गर्ने भन्दै जारी विरोध प्रदर्शनमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु समेत सहभागी छन् ।

यसैगरी पाल्पामा विभिन्न राजनितिक दल व्यावसायी तथा उद्योगीले संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गर्ने तयारी छ । जिल्लाका अन्य क्षेत्रमा पनि विरोध प्रदर्शन सुरु भएको जनाइएको छ ।

यस्तै उद्योग वानिज्य संघले बर्दियाको सदरमुकाम गुलरिया बन्द आह्वान गरेको छ । बिहानैदेखि गुलरियाका सबै बजार, उद्योग कलकारखाना ठप्प छन् । यातायात र शिक्षण संस्था भने सुचारु रहेको उद्योग वानिज्य संघका अध्यक्षका अमर बहादुर खड्काले बताउनु भयो ।

यसैगरी संविधान संशोधनको विरोधमा गुल्मीमा पनि अनिश्चिकालिन आम हड्ताल आह्वान गरिएको छ । प्रदेश सिमाङकनको विरोधमा अर्घाखाँची, रोल्पा, प्यूठान लगायतका जिल्लामा दिनहुँ प्रदर्शन भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ