मंसीर २०, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले शिष्टाचार भेटका क्रममा उहाले भूकम्पको पूनर्निर्माणमा श्रीलंकाले गरेको सहयोग प्रति आभार प्रकट गदै नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउनु भयो ।
भेटमा श्रीलंकाली राजदूत भन्दै आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline