काठमाडौ २० मंसिर ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पोलिट ब्युरो बैठक आजपनि बस्दैछ । बैठक राजधानीको पेरिसडााडास्थित पार्टी केन्द्रिय कार्यलयमा अपरान्न ३ बजेपछि बोलाइएको छ ।
एक साता यता जारी बैठकमा पार्टीको संगठन निर्माण र चुनावी रणनितिका विषयमा छलफल भइरहेको पार्टी प्रवक्त पम्फा भूसालले जानकारी दिनुभयो । बैठकले आगामी तीन महिनासम्मका लागि पार्टीगत कार्य विभाजन र चुनावी रणनिति तय गर्ने जनाएको छ ।
केही दिन यता जारी पोलिटब्युरो बैठकमा स्थानीय तहसम्म संगठन विस्तारका लागि पोलिटब्युरो सदस्यको कार्य विभाजन र स्थानीय निकाय निर्वाचनमा पार्टीको रणनिति तय गर्ने विषयमा छलफल भइरहेको छ ।
आजको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न राजनितिक परिस्थितिका विषयमा पनि समिक्षा हुने नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline