मंसीर २० काठमाण्डौं । अहिले देश कठिन र संवेदनशील क्षणमा गुज्रिरहेको छ । संघीयता र सिमानाका नाममा चौतर्फी भएका आन्दोलन र दलहरुको अकर्मण्यताले देश कठिन अवस्थामा प्रवेश गरेको छ ।
यस्तोमा अहिले मधेशी मोर्चाका नेताहरुले देश टुक्रयाउने र मधेशलाई अलग राज्य बनाउने अभिव्यक्ति राष्ट्रपतिकै सामुन्ने दिएका छन् ।
आईतबार राष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्बदलीय बैठकमा तमलोपाका अध्यक्ष महन्त ठाकुरले मधेशी जनता यो सत्तासगँ नरहेको र अब मधेश समेत नरहन सक्ने चेतावनी दिएको स्रोतले बतायो ।
उनले ठूला दलको नस्लवादी सोच मधेशीलाई भारतीय देख्ने र अधिकार नदिने षड्यन्त्रकै कारण मधेशी जनताले विद्रोह गर्नु परेको र अब पनि अधिकार नपाए मधेश अलग्गै राज्यको रुपमा उदाउने संवेदनशील चेतावनी दिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline