काठमाडौ २० मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यलयमा बस्ने बैठकमा दिउँसो साढे दुई बजेपछि बस्ने बैठकमा संविधान संशोधन विधेयकका सम्बन्धमा छलफल हुने जनाएको छ ।
सरकारले संसद सभिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकबारे औपचारिक निर्णय नगरेपनि आन्दोलनरत पक्षको माग सम्बोधन हुनपर्नेमा सकारात्मक देखिएको राप्रपाले आजको बैठकबाट आधिकारिक धारण तय गर्ने नेताहरुले बताएका छन् ।
संसदबाटै समस्याको समाधान खोज्नुपर्ने पक्षमा देखिएको राप्रपाले यसअघि नै आन्दोलनको नेतृत्व गरिरहेको एमालेलाई वार्ता मार्फत निकास खोज्न आग्रह गरिसकेको छ । आजको बैठकले पार्टीको भावी राणनिति समेत तय गर्ने जनाएको छ ।
बैठकमा आसन्न महाधिवेशन तयारी, हालै भएको पार्टी एकिकरण र गाउँदेखि जिल्ला तहसम्म जारी एकिकरण अभियान लगायतका विषयमा पनि समिक्षा हुने राप्रपाले जनाएको छ ।