संशोधन विधेयकको विरोधमा आज पनि लुम्बिनीका ६ जिल्ला बन्द, जनजिवन प्रभावित

संशोधन विधेयकको विरोधमा आज पनि लुम्बिनीका ६ जिल्ला बन्द, जनजिवन प्रभावित

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, मंसिर २०।
सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा आज पनि लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द रहेका छन् ।

लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीमा विहानै देखि कुनै पनि सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् ।

ती जिल्लामा गएराति सवारी साधनहरु चले तापनि आज बिहानै देखि सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश नं ५ टुक्राउने गरी सरकाले गरेको संविधान संशोधनका कारण सुरु भएको विरोध प्रदर्शनका कारण ती जिल्लाको जनजीवन प्रभावित भएको हो ।

विरोध प्रदर्शनका कारण उद्योग, बजार तथा कलकारखाना र सवारी साधन ६ दिनदेखि ठप्प छन् । यस्तै गुल्मीका आन्दोलनकारीले बिहानैदेखि जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालमा धर्ना दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ