आज विश्व स्वंयम सेवक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

आज विश्व स्वंयम सेवक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ मंसिर २० ।
आज विश्व स्वंयम सेवक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको यस वर्षको नारा ’स्वयम सेवकलाई सहयोगको हात बढाऔं’ भन्ने तय गरिएको छ ।

संयूक्त राष्ट्रसंघले प्रत्येक वर्षको डिसेम्बर ५ तारिखका दिन अन्तर्रा्ष्ट्रिय स्वंयम सेवक दिवस मनाउन आह्वान गरिए अनुसार यो दिवस मनाउन थालिएको हो ।

नेपालमा रेडक्रस, यूथ फर ब्लड लगायत अन्य थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरुले स्वंयम सेवकको रुपमा काम गरिरहेको छ ।

दिवसका अवसरमा विभिन्न सम्बन्धित निकायहरुले आज विविध कार्यक्रमको आयोजना समेत गरेका छन् । विश्व तथा राष्ट्रको विकासका लागि स्वंयम सेवकहरुको ठूलो भूमिका रहेको छ ।

पछिल्लो समय कार्य र दायित्वलाई सुविधासंग तुलना गर्ने प्रचलनले स्वयम सेवाको औचित्यमा कमी हुन थालेको पाइन्छ । कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नु नै सामाजिक विकासको सूचक भएकाले यस्ता कार्यमा सूचना पूर्याउन तथा जागरण गर्न स्वयम सेवकको भूमीका महत्वपूर्ण रहेको पाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी