एजेन्सी, मंसिर २० ।
इंङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा लिभरपुल पराजित भएको छ ।
लिभरपुललाई बर्नमाउथले ४–३ गोल अन्तरले पराजित गरेको हो । खेलमा बर्नमाउथको जितमा क्यालुम विल्सन, रायन फ्रेजर, स्टिभ कुक र नाथन आकेले एक एक गोल गरेका हुन् ।
लिभरपुलका लागि सादियो माने, डिभोक ओरिगी र एम्रे च्यानले एक एक गोल गरेका थिए ।
प्रिमियर लिग अन्तर्गत कै गएराती भएको अर्को खेलमा म्यान्चेस्टर यु्नाईटेडलाई एभर्टनले १–१ गोलको बराबरीमा रोकेको छ ।
खेलमा म्यान्चेस्टर युनाईटेडका जाल्टन ईब्राहिमोभिचले पहिलो गोल गरेपनि एर्भटनका लेईटन बेन्सले पेनाल्टीमार्फत एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट ३४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने ३०÷३० अंक जोडेको लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।