मंसीर १९ काठमाण्डौ । चिकित्सा क्षेत्र सुधार सहित विभिन्न माग राखेर १० औं अनसनमा बसेका डा. गोविन्द केसीले आजबाट अनसन तोड्नु भएको छ ।
साढे २ वर्षका भूकम्प पीडित वालक मारसागं तामागंको हातबाट जुस पिएर अनसन तोडेका केसीको श्वास्थ्य अवस्था विग्रिएकाले आईसियुमा राखेर उपचार शुरु गरिएको छ ।
केसी र सरकारबीच १२ बुदे सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब चिकित्सा शिक्षा ऐन पारित नहुदा सम्म कुनै पनि मेडिकल कलेजले सम्बन्धन पाउने छैनन् ।
त्रिवि उपकुलपति तीर्थ खनियालाई हटाउने विषयमा केदारभक्त माथेमाको संयोजकत्वमा समिति बनेको छ । जसले १५ दिन भित्र अध्ययन प्रतिवेदन दिए पछि सोही बमोजिम कार्यन्वयन गरिने छ ।
एमबिबिएसका लागि तोकिएको नया शुल्क तत्कालै कार्यन्व्यन गर्ने लगायतका सहमति भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline