काठमाडौ १९ मंसिर ।
धनुषामा आज बिहान भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जकपुर–ढल्केवर सडकखण्डको क्षिरेश्वरनगरपालिका हरैयामा ज १ त ६६८९ नम्बरको ट्रयाक्टर र ज १ च १२०२ नम्बरको गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रयाक्टर चालक धनुषा मिथिला नगरपालिका–२ नक्टाझिजका ३० वर्षीय सञ्जय कुमार महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रयाक्टर चालक महराको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जनकपुर–ढल्केवर सडखखण्डकै रमदैया राजदेवी मन्दिर अगाडि ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाही ब्रहम्पुरी–१ का ३५ वर्षीय सरद कुमार दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
ज १ त ३५२१ नम्बरको ट्रयाक्टरले ज ४ प ९७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दासको घटनास्थलमै मृत्यु भएको हो ।