प्रतिपक्षी एमालेको अवरोधका कारण तेस्रो पटक संसद बैठक स्थागित

प्रतिपक्षी एमालेको अवरोधका कारण तेस्रो पटक संसद बैठक स्थागित

  • आइतवार, मंसिर १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ मंसिर १९ ।  

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलको अवरोधका कारण आज तेस्रो पटक संसद बैठक स्थगित भएको छ ।

बैठक सुरु हुने बित्तिकै नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले बोल्नु भएपछि प्रतिपक्षी दल एमाले लगायतका दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख ओनसरी घर्तीले पटक पटक कार्यसूची सम्झाउँदै बस्न आग्रह गरेपनि एमाले सहितका विपक्षी दलका सांसद बस्न नमानेपछि उहाँले आगामी बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि थप छलफल गर्ने कार्यसुचि रहेको थियो ।

यसअघिका संसद बैठक पनि एमालेको अवरोधका कारण कार्यसूचिमा प्रवेश गर्न सकेको थिएन । सरकारले संसद सचिवालयमा दर्ता गरेको संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नदिने एमालको अडान छ ।

सदन अवरोधका कारण निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफल अन्तिम चरणमा पुगेपनि संसदले सिफारिस समितिमा पठाउन सकेको छैन ।

प्रस्ताव माथि अव नाम टिपाएका मध्य १० जना सांसदले मात्र बोल्न बाँकी रहेको छ । प्रस्तावमाथिको सैद्धान्तिक छलफल सकेपछि प्रस्ताव थप छलफलका लागि महाअभियोग सिफारिस समितिमा पठाउने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ