एजेन्सी मंसिर १९।
इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शिर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले ३ –१ गोल अन्तरले पराजित गरेको हो ।
इन्जुरी समयमा रातो कार्ड खाँदै सर्जियो अग्युरो र फर्नानडिन्हो बाहिरिए पछि ९ खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले ४५ औं मिनेटमा चेल्सीका ग्यारी काहिलले आत्मघाती गोल गर्दै दिलाएको अग्रता जोगाउन सकेन ।
पहिलो हाफमा आफ्नै गोलले १–० ले पछि परेको चेल्सीलाई जिताउन ६० औं मिनेटमा डिएगो कोस्टा, ७० औं मिनेटमा विलियन र ९० औं मिनेटमा इडन हजार्डले गोल गरे ।
जितपछि शीर्ष स्थानको चेल्सीको १४ खेलबाट ३४ अंक भएको छ भने १४ खेलबाट ३० अंकसहित म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline