मुलुकभर आज विवाह पञ्चमी मनाइदै

मुलुकभर आज विवाह पञ्चमी मनाइदै

  • आइतवार, मंसिर १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ ,मंसिर १९ ।
त्रेता युगमा भएको राम सीताको विवाह सम्झनामा प्रत्येक वर्ष मनाइने मुलुकभर विवाहपञ्चमी मनाइँदैछ । त्रेतायुगमा जनकपुरमा भगवान् राम सीताको विवाह भएको मान्यताका आधारमा विवाह उत्सव मनाउने गरिएको हो ।

आज जनकपुरको जानकी मन्दिर परिसरमा विधिअनुसार राम र सीताको स्वयंवरपछि वैवाहिक कार्यक्रम हुने छ । राजा जनकले सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले ती टुक्रा पारेपछि मंसिर शुश्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ ।

उत्समवमा मटकोरभन्दा अगाडि तिलकोत्सव, स्वंयवर र विवाह सम्पन्न गरिन्छ । श्रद्धालुहरु विहान सबेरै देखि पवित्र सरोवर नदीमा स्नान गरी पुजाअर्चना गर्ने गर्दछन् ।

विवाह महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट ठूलो सङ्ख्यामा साधुसन्तहरू जनकपुर आइपुगिसकेका छन् । विवाह महोत्सव हेर्न नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने क्रम जारी छ ।

विवाह महोत्सवलाइ मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरको सुरक्षा व्यवस्था मजबुत पार्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ