मंसीर १९ काठमाण्डौं । रुपन्देहीको बुटवल स्थित चोकमा विप्लव माओवादीको कार्यलयमा एमाले कार्यकर्ताहरुले केही दिन अघि आगो लगाएको विषयमा स्थानीय माओवादी नेतृत्वले गंभीर चेतावनी दिदै अब उप्रान्त यस्तो गल्ती दोहोर्याए एमालेको ७५ वटै जिल्ला र प्रतिष्ठानहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ ।
शनिबार जिल्ला स्तरीय सर्वदलीय बैठकमा माओवादी रुपन्देहीका सचिव शरदले आफ्नो कार्यलयमा भएको आक्रमणबारे आक्रोसित हुदै एमालेलाई यस्तो चेतावनी दिएका हुन् । कुन नियतले आफूरुको कार्यलयमा आक्रमण भएको हो जवाफ दिन भन्दै आफ्नो पार्टीलाई कमजोर सोच्ने गल्ती नगर्न चेतावनी समेत दिए ।
तर एमाले कार्यकर्ताहरुले माओवादी कार्यलयमा तोडफोड आफुहरुले नगरेको जिकिर गरेका छन् । एमाले रुपन्देहीका जिल्ला अध्यक्ष शिब सुवेदीले आफूहरुले आक्रमण नगरेको दावी गरेका छन् ।
उनले माफी माग्न अस्वीकार गर्दै आफूहरुले आक्रमणै नगरेको दोहोर्याए ।
पाच नं प्रदेश टुक्रयाउने गरी सविधान शसोधन प्रस्ताव सररकाले पेश गरे पछि आक्रोसित एमाले सहितका राजनीति दल र नागरिकहरुले बुटवलमा प्रदर्शन गर्ने क्रममा तोडफोड गरिएको थियो ।