सरकार र डा. गोविन्द केसीबीच सहमति, भोली अनसन तोडिने

सरकार र डा. गोविन्द केसीबीच सहमति, भोली अनसन तोडिने

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मंसीर १८ काठमाण्डौं ।  सरकार र अनसनरत डा. गोविन्द केसीबीच आज सहमति भएको छ । सो सहमति अनुसार अब डा. केसीले झण्डै तीन हप्ता लामो अनसन भोली तोड्ने हुनु भएको छ । सरकारी वार्ता टोली र केसीका प्रतिनिधिहरुले तयार पारेको मस्यौद्धामा केसी सहमत हुनु भएको छ ।

चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै २१ दिन यता अनसनरत डाक्टर केसीको माग बमोजिम त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा आजै प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाल नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको त्रिवि कार्यकारी परिषदको बैठकले आईओएमका डीनमा अग्रवाललाई नियुक्त गरेको हो । त्रिवि उपकुलपति कार्यालयद्वारा गत कात्तिक २८ गते आइओएमको डीनमा नियुक्त प्राध्यापक डाक्टर केशवप्रसाद सिंहले अनसनकै कारण हिजो राजीनामा दिएपछि परिषदले अग्रवाललाई नियुक्त गरेको हो ।

आफूले १० औं पटकको अनसनका क्रममा उठाएका मध्येको प्रमुख विषय बरिष्ठताका आधारमा डीन नियुक्तीको माग पुरा भएसँगै डा. केसी लचिलो बन्नु भएको हो ।

उहाँको अर्को महत्वपूर्ण माग त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्तीका बिषयमा सरकारले उच्चस्तरीय स्वतन्त्र कमिटि गठन गरी प्रक्रिया थाल्ने आश्वासन दिएको नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनका सचिव सचित शर्माले जानकारी दिनु भयो । डा. केसीको जीवन रक्षाका लागि भन्दै समर्थकहरुले निरन्तर आन्दोलन गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी