साहसीका युवाले शक्ति देखाएपछि……

साहसीका युवाले शक्ति देखाएपछि……

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं ।

साहसी युवा क्लबले कपनस्थित साहित्य सदनमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कपनका स्थानीय युवाहरू मिली सञ्चालित उक्त क्लबले जुझारू युवा समूह पहिचान गरी समाज विकासमा आह्वान गर्ने विशिष्ट उद्देश्य लिएको छ ।

सांस्कृतिक कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विजय वाइबाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिमा इन्द्र राई, विशेष अतिथिहरूमा साहित्यकार, समालोचक तथा पत्रकार अशोक कुँवर `नेत्र´ र सञ्चारकर्मी तथा साहित्यकार रामचन्द्र श्रेष्ठ रहेका थिए ।

यसै गरी अतिथिहरूमा विभिन्न दलका स्थानीय नेता, कलाकारहरूको उपस्थिति रहेको थियो । देश युवाले नै बनाउनु पर्छ भन्दै नव युवा जोस र जागरसहित क्रियाशील व्यक्तित्वहरूलाई आमन्त्रण गरेर कार्यक्रम गर्न पाउँदा आफूहरू उत्साहित भएको कुरा क्लबका अध्यक्ष वाइबाले बताए ।

कार्यक्रममा बोल्दै साहित्यकार, समालोचक तथा पत्रकार कुँवरले युवाले अब हरेक समाजबाट उत्साहित भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिए । साथै उनले समाजमा व्याप्त भ्रष्टाचार, विकृति, विसङ्गतिलाई निर्मूल पार्न सचेत युवा वाचडगको भूमिकामा रहनुपर्ने भनी युवालाई तताएका थिए ।

उनले कार्यक्रममा कविता प्रस्तुत गरिरहँदा युवा दर्शकहरू स्तब्ध भए । कार्यक्रममा स्थानीय ब्यान्ड, कलाकार, गायकहरूले जोड्दार प्रस्तुति दिँदा युवाहरू स्टेजमै उक्लिएर नाचेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ