सुनसरी, मंसिर १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चाको नभई मधेसी जनताका माग सम्बोधन गर्न ल्याइएको जिकिर गर्नु भएको छ ।
सुनसरीको लौकही गाविसमा आज आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी पनि गर्नु भयो । उहाँले मधेसी जनताको साथ नेपाली कांग्रेसलाई भएकाले उनीहरुका माग पूरा गराएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
सभापति देउवाले एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरी टुक्र्याउन नहुने बताउनु भयो । जनताको भावनाअनुसार ती तीनओटै जिल्ला एक नम्बर प्रदेशमै कायम रहने देउवाको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline