उपत्यकाका नदीबाट आज १५ मेट्रिक टन फोहर निकालियो

उपत्यकाका नदीबाट आज १५ मेट्रिक टन फोहर निकालियो

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं , मंसिर १८ ।
आज उपत्यकाका बिभिन्न नदी सफाइका क्रममा १५ मेट्रिक टन फोहर निकालिएको छ । वाग्मती सफाइको १८६औँ हप्तामा आज त्रिपुरेश्वर पुलमुनि सफाइ गरी सात मेट्रिक टन फोहर निकालिएको थियो ।

स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकाहरुले दुई समूहमा विभाजन भएर सफाई गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सफाइमा मुख्यसचिव सोमलाल सुवेदी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पूर्वसचिव किशोर थापा लगायतले नेतृत्व गर्नुभएको थियो ।

रुद्रमती सफाइको १४५औँ हप्तामा शनिबार गौशालाचोकदेखि कमलपोखरी चोकसम्म पानीको फोहराले धुलो सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सो अवसरमा सडकको किनारामा फालिएको एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विष्णुमती सफाईको ११९औँ हप्तामा आज परोपकार पुलमुनि सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । त्यस्तै नख्खुखोला सफाइको ६६औँ हप्तामा आज नख्खु जेलसँगैको पुलमुनि सफाइ गरी एक मेट्रिक टन फोहर निकालिएको छ ।
गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समितिलगायतले सफाइ गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ