बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आज

बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आज

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, मंसिर १८ ।

स्पेनिस लिग ला लिगा फुटबलमा आज विश्व फुटबलका सर्वा्धिक सफल तथा बलिया टोली बार्सिलोना र रियल मड्रिडबीच बहुप्रतिक्षित भिडन्त हुँदै छ ।

स्पेनिस लिगमा बार्सिलोना र रियल मड्रिड बीच हुने भिडन्तलाई एल–क्लासिको भन्ने गरिन्छ । यी दुई टोलीबीचको भिडन्त विश्वभरका फुटबलप्रेमिका लागी सर्वा्धिक प्रतिक्षित खेल बन्ने गरेको छ ।

बार्सिलोनाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुने छ । विश्व फुटबलका परस्पर प्रतिद्वन्द्वी यी दुई टोलीले पनि एक अर्का्बिरुद्धको खेललाई प्रतिष्ठाको लडाईंको रुपमा लिने गरेका छन् ।

जारी लिगमा अपराजित रहेको रियल मड्रिडले केहि कमजोर प्रदर्शन गरिरहेको साविक बिजेता बार्सिलोनाबिरुद्ध उसकै मैलानमा जित हात पार्ने योजना बनाएको छ ।

तर ला लिगामा रियल मड्रिडसँग सुखद इतिहास बोकेको बार्सिलोना घरेलु मैदानमा रियललाई पछार्दै अंक दुरी कम गर्ने सोचमा छ ।

जारी लिगमा १३ औ चरणका खेल सकिँदासम्म अंक तालिकामा ३३ अंक जोड्दै रियल मड्रिड शीर्ष स्थानमा छ । ६ अंकले पछि रहेको बार्सिलोना २७ अंकका साथ दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी