आईएओएमको नयाँ डिनमा अग्रवाल नियुक्त

आईएओएमको नयाँ डिनमा अग्रवाल नियुक्त

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, मंसिर १८ ।
चिकित्साशास्त्र अध्ययन संस्थान आईएओएमको नयाँ डिनमा डा.जगदिश अग्रवाल नियुक्त हुनु भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले आजैका मितिदेखि लागू हुनेगरी आइओएमको डिनमा अग्रवाललाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकले वरिष्ठताका आधारमा अग्रवाललाई डिन नियुक्त गरेको हो । मेडिकल शिक्षामा विज्ञको रुपमा गनिने न्यूरोलोजिस्ट अग्रवाल वरिष्ठ प्राध्यापक हुनुहुन्छ ।

यसअघि वरिष्ठता मिचेर डा. केपी सिंहलाई डिन बनाइएपछि डा. गोविन्द केसी २१ दिनदेखि अनसनमा बस्नुभएको थियो ।

डिन नियुक्तिसँगै अन्य मागमासमेत सहमति नजिक भएकाले डा. केसीको अनसन पनि आजै तोडिने भएको छ ।

डा. केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डिन सिंहले हिजो राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी