काठमाडौ ,१८ मंसिर ।
सुनसरीको दुहाबीमा जारी मनमोहन दुहाबी गोल्डकपको फाइनल भिडान्त आज हुदैछ । प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली नेपाल आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुहावी रंगाशालमा अपरान्न ३ हुने खेलमा दुवै टोली उपाधि आफ्नो कब्जामा पार्ने दाउका साथ मैदान उत्रदैछन् । सेमिफाइनलमा रमपम झापा ११ लाई पराजित गर्दै मनाङले उपाधि यात्रा तय गरेको हो ।
यस्तै आर्मीले भूटानको बीआरसी क्लबलाई हराउदै मनाङसँगको उपाधि भिडान्त पक्क गरेको हो । दुवै टोलीको फाइनलसम्मको यात्रा हेर्दा आजको खेल निकै प्रतिस्पर्धातमक हुने देखिएको छ ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् भने उपविजेताले एक लाख ५० हजार नगद हात पार्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline