संसोधन प्रस्तावमा दलीय सहमती जुटाउन पहल गर्ने :माओबादी केन्द्र

संसोधन प्रस्तावमा दलीय सहमती जुटाउन पहल गर्ने :माओबादी केन्द्र

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १८ मंसिर ।

सत्तारुढ दल नेकपा माओबादी केन्द्रले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा दलीय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बिहान बसेको हेडक्वाटर बैठकले संशोधनका लागि अधिकतम् सहमति जुटाउन दलहरुसँगको छलफललाई तिव्रता दिने निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेस, मधेसी मोर्चा र सत्ता गठबन्धनका अन्य दलसँग थप छलफल गरी संविधान संशोधनमा सहमति जुटाएर पारित गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्दै निर्वाचनमा जुट्ने निर्णय गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराउनु भएको थियो ।

बैठकले पार्टीको आगामी कार्ययोजना, रिक्त पोलिट्ब्युरो र सचिवालयलाई छिटै पूर्णता दिने निर्णय पनि गरेको छ ।

यसैबीच आजै मोओवादी केन्द्रको पोलिटबयुरो बैठक पनि बस्दैछ । राजधानीको पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यलयमा दिउसो बस्ने बैठकमा संगठन सुदृढीकरण तथा चुनावी रणनितिबारे छलफल हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ