आज २५ औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै

आज २५ औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाडौ ,१८ मंसिर ।
आज अपांगता भएका व्यक्तिहरुको २५ औं अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि प्रतयेक वर्ष डिसेम्बर ३ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

दिवसको यस वर्षको नारा हासिल गरौं दिगो विकासका १७ लक्ष्य, सुनिश्चत हामीले चाहेको भविष्य भन्ने तय गरेको छ । दिवसका अवसरमा विभिन्न सरोकारवाला संघ संस्थाहरुले आज विविध कार्यक्रमको आयोजना गरेका छन् ।

राष्ट्रिय अपांग महासंघले राजधानीको भृकुटीमण्डवबाट आज बिहान प्रभातफेरि निकालेको छ । यस्तै केहिबेरपछि महासंघको कार्यलयमा विषेश कार्यक्रमको आयोजना समेत गरिएको छ ।

विश्वको कूल जनसंख्यको १५ प्रतिशत मानिसहरुमा कुनै न कुनै रुपमा अपांगता रहेको पाइएको विश्व बैंक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।

२०६८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्यको एक दशमलव ९४ प्रतिशत अपांगता भएका व्यक्ति रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ