सरकारी टोलि र केसी पक्षबीच आज पनि वार्ता हुदै

सरकारी टोलि र केसी पक्षबीच आज पनि वार्ता हुदै

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, १८ मंसिर ।

अनसनरत प्रा. डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलिबिच आज पनि वार्ता हुदै छ ।

केसी पक्ष र सरकारी वार्ताटोलीबीच गए राति १ बजेसम्म भएको वार्ता निश्कर्षबिहिन भएपछि आज पुन वार्ता हुन लागेको हो ।
स्वास्थ्य मन्त्री गगन थापा र त्रिविका उपकुलपति तिर्थ खनिया सहित भएको वार्तामा खनियाको राजिनामा नआएसम्म केसीले अनसन नतोड्ने अडान राखेपछि आज पुन बस्ने गरी सकिएको थियो । आज वार्ता हुने भनिएपनि समय भने तय गरिएको छैन ।

केसीको प्रमुख मागका रुपमा रहेको त्रिवि चिकित्साशास्त्रका डिन डा. केपी सिंहले राजीनामा दिए पनि डा. केसीले अनशन जारी राख्नुभएको छ । केसीले उहाले खनियाको राजिनामा पछि नयाँ डिन नियुत्ति नभएसम्म अनसन जारी राख्ने बताउनु भएको छ ।

सरकार र डा. केसीसमर्थक वार्ता टोलीको सिंहदरबारमा बसेको बैठकले आइओएमको डिन तीन दिनभित्र नियुक्त गर्ने र त्रिविका उपकुलपतिबारे उच्चस्तरीय कमिटी गठन गरी प्रक्रियागत त्रुटि छ भने त्यसको प्रतिवेदन पेस गर्ने गरी समिति गठन गर्ने मस्यौदा तयार गरेको थियो ।

मस्यौदा बोकेर राति ११ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको दुईपक्षीय टोलीले डा. केसीलाई मनाउने प्रयास गरेपनि उहाले उपकुलपति तीर्थ खनियाँको राजीनामालाई नै बटमलाइन बनाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ