धरान,१७ मंसिर ।
सुनसरीको धरानमा सम्पन्न १३ औ ललित अम्बर डिपो कपको फाइनल डिपो उच्च म ाबिले उचालेको छ ।
आज शुक्रबार गोधुली क्लबको खेल मैदानमा भएको खेलमा आयोजक डिपो स्कुलले पुर्व क्षेत्रिय प्रहरी स्कुललाई २÷० गोल अन्र्तरले हराउदै उपाधी उचालोको हो ।
उपाधि उचाल्ने क्रममा डिपोका जर्सी नम्बर ४ का कृष्ण बिष्टले खेलको २१ औ मिनेटमा तथा अरुण राई इन्जुरी पछि खेलको छैटो मिनेटमा गोल गरेको थियो ।
यो जितसंगै डिपोटले तिन पटक डिपो कपको उपाधि हात पारेको छ उसले दोश्रो तथा छैठो तथा १३ औ खेलको उपाधि हात पारेको हो ।
खेलमा डिपोले जितसंगै नगद ७ हजार पाउनुका साथै रनिङ सिल्ड तथा प्रमाण पत्र समेत हात पारेको छ । खेलमा उत्कृष्ट गोलकिपरको पुरस्कार पुर्व क्षोत्रीय प्रहरीका सुजन थापाले हात पारेको छ ।
त्यस्तै उच्च गोलकर्ता डिपोटका कृष्ण बिष्ट,उच्च गोलकर्ता इम्यानुएल स्कुल धरानका डेकेन्द्र राई घोषीत भए । त्यस्तै सवौत्कृष्ट खेलाडीमा पुर्व क्षेत्रीय प्रहरीका स्कुलका सुजित थापा भएका थिए भने उदयमान खेलाडी डिपोटका योगेश लिम्बु घोषीत भएका थिए ।
उनीहरुले जनही टर्फी तथा प्रशमसा पत्र समेत हात पारेका थिए ।