लागुऔषधको सिकार हुनाको कारण खोज्न सरोकारवालको जोड

लागुऔषधको सिकार हुनाको कारण खोज्न सरोकारवालको जोड

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

परासी, १७ मंसिर ।

संयुक्त जेसिज सप्ताह २०१६ अन्तर्गत सत्पाह व्यापी कार्यक्रमको आज छंैठो दिन लागु औषधक न्युनिकरण विषय अन्तरकृया कार्यक्रम गरिएकोे छ ।

नवलपरासीको सिमावर्ति क्षेत्र रमपुरवा गाविस स्थित महसपुर नाकामा सम्बन्धित निकाय र स्थानिययुवाहरु बिच सो अन्तकृया कार्यक्रम गरि सम्पन्नगरिएको हो ।

पछिल्लो समयदेखि जिल्लामा बढदो लागुऔषधको प्रयोग तथा युवाहरुको बढि संलग्नताले जिल्लामा ठुलै किसिमको विकृति फैलिएदै गएको छ ।

लागु औषध न्युनिकरण गर्न एवं बढदो विकृत हटाउन विभिन्न ठाउँमा होर्डिङ्ग बोर्ड लगाउने, विभिन्न जनचेतनामुलक कार्यक्रमगर्ने र सम्बन्धित नियकले सिमा क्षेत्रमा निगारनी बढाउन कार्यक्रममा वक्ताहरुले धारणा व्यक्त गरेका थिए ।

रामग्रम जेसिज, रामग्राम महिला जेसीज, सुनवल जेसिज, रामनगर जेसिजको संयुक्त आयोजनामा भएको लागु औषधन्युनिकरण अन्तरकृया कार्यक्रममा युथ जेनेरेशन लागु औषधको बढि सिकार भैरहेको कारण पत्ता लगाउन जरुरी रहेको वक्ताहरुले साझा धारणा राखेका थिए ।

15319579_684350858390041_521520206_n

रामग्राम महिला जेसिजको अध्यक्ष प्रभा ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रम कार्यक्रम प्रमुख अतिथि तथा रमपुरवा गाविस सचिव पारसनाथ बर्मा, रामग्राम जेसिज अध्यक्ष सुरज पाण्डे, सुनवल जेसिज लेखनाथ गौतम, रामनगर जेसीज अध्यक्ष बलराम चापागाई, पुर्व रामग्राम जेसिज अध्यक्ष, शिव कुमार खडका, श्रीधर बस्याल, रामग्राम जेसिज महासचिव अनिल शर्मा, रामगं्राम महिला जेसिज महासचिव रम्भादेवी कुँवर, परासीपत्रका प्रंकाशक हरि शर्मा, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले जिल्लामा बढदो लागु औषधदुव्र्यसनीको मुख्य कारण पत्ता लगाई यसको न्युनकिरणमा हामी सबै एकजुट भई लाग्न पर्ने धारणा राख्नु भएका थिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ