सुर्खेत , १७ मंसिर ।
प्रमुख प्रतिपक्षी दल एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई एक्ल्याएर सत्ता पक्षले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती रहेको भन्दै दुई तिहाई मत पुर्याएर पारित गर्न सरकारलाई चुनौती दिनुभएको छ ।
नेता खनालले विधयेक पारित गर्न कुनै हालतमा तयार नहुने भन्दै ५ नम्बर प्रदेशको विभाजनमात्र नभई विधेयक भित्रका अन्य अन्तरवस्तुसमेत आपत्तिजनक भएकाले एमालेले त्यस्तो राष्ट्रघाती प्रस्तावमा समर्थन नगर्ने बताउनु भयो ।
सुर्खेतको वीरेन्द्रनगरमा ६ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेता खनालले तराईलाई पहाडबाट टुक्र्याउँदै जाने र अलग राष्ट्र घोषणा गर्ने बदनियतका साथ ५ नम्बर प्रदेश विभाजन गरिएको दाबी गर्नुभयो ।
केही मधेसवादी दलका नेताले जबरजस्ती सिंगो तराई एक प्रदेश गराउन खोजेको भन्दै उहाले जनताको व्यापक खबरदारी आवश्यक रहेको बताउनु भयो ।