‘’प्रथम आसोन-कन २०१६’’ सम्मेलन काठमाडौंमा आयोजना हुने

‘’प्रथम आसोन-कन २०१६’’ सम्मेलन काठमाडौंमा आयोजना हुने

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१७ मंसिर । नेपाल आर्थ्रोस्कोपि संघले काठमाडौंमा पहिलोपटक ‘’आसोन-कन २०१६’’ आयोजना गर्ने भएको छ । सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनहरुलाई बिभिन्न देशबाट आएका बिशिष्ट अर्थोपेडिक सर्जनहरुबाट अनुभब,ज्ञान र सीप सिक्ने अबसर प्रदान गर्नुकासाथै नेपालका अर्थोपेडिक सर्जनहरुको अनुभव,ज्ञान,सीप र दक्षता बिश्व सामु चिनाउने अबसर प्रदान गर्ने अपेक्षा गरीएको छ ।

यही डिसेम्बर महिनाको चार देखी छ तारिखसम्म काडमाडौंको होटल सोल्टी क्राउन प्लाजामा संचालन हुने दुइदिने सम्मेलनमा नेपाल लगायत अमेरिका,फ्रान्स,इटली,टर्की,स्पेन,स्लोभानिया,जापान,फिलिपिन्स,थाइल्याण्ड,भारत,बङ्गलादेश लगायतका बिभिन्न ११ देशका ३०० जना भन्दा बढी बिशिष्ट तथा ख्यातिप्राप्त आर्थ्रोस्कोपिक सर्जनहरुको सहभागिता रहने बताइएको छ ।

सम्मेलनले (स्पोर्ट्स मेडिसिन) खेलकुदका समयमा हुने चोटपटकहरुको उपचारका क्षेत्रमा उल्लेख्य सुधार आउने र नेपालको स्पोर्ट्स मेडिसिनका क्षेत्रमा नयाँ आयाम थपिने नेपाल आर्थ्रोस्कोपि संघका अध्यक्ष डा. चक्रराज पाण्डेले जानकारी दिनु भएको छ।

आसोन-कन २०१६ सम्मेलनमा सहभागि हुन चाहने देशभरका अर्थोपेडिक सर्जनहरुले नाम दर्ता गराउनका लागि नेपाल आर्थ्रोस्कोपि संघको आधिकारीक वेभसाइट www.arthroscopynepal.com मा फाराम उपलब्ध रहेको समेत समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ