एसीसी महिला क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

एसीसी महिला क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमान्डौ ,मंसिर १७ ।
थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपालले आज भारतको सामाना गर्दै छ । नेपालले आज प्रतियोगिताको अन्तिम खेल अन्तर्गत भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

टेस्ट मान्यता प्राप्त भारत र नेपाल विचको खेल बैकंक स्थित एसियन इस्टीच्युट टेक्नोलोजिको खेल मैदानमा हुने छ । प्रतियोगितामा चार खेल खेलेको नेपालले चारवटै खेलमा पराजय भोगेको छ ।

चार खेल हार्ने क्रममा नेपालले पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन र आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको ४ खेलमा जित निकाल्दै भारत ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पाकिस्तान ३ खेलमा जित निकाल्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यस्तै समान ४÷४ अंकका साथ श्रीलंका तेस्रो र बंगलादेश पाँचौ स्थानमा रहेका छन् भने थाइल्याण्ड नेपाललाई पराजित गर्दै  छैटौ स्थानमा रहेको छ । नेपाल भने जितविहीन रहदै अन्तिम स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी