एमालेको अवरोधकाबीच संसद बैठक आज पनि बस्दै

एमालेको अवरोधकाबीच संसद बैठक आज पनि बस्दै

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १७ मंसिर ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपनि आज बैठक अपरान्न ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय हित विपरित संशोधन विधेयक ल्याएको भन्दै प्रतिपक्षी दल एमालेले विधेयक नै टेबल हुन नदिने बताउदै आएको छ । यसअघि हिजोको संसद बैठक पनि एमाले सांसदहरुको अवरोधका कारण स्थगित गरेको थियो ।

एमालेसहित संशोधनको विपक्षमा रहेका राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेमकिपा लगायतका दलले विरोध जनाएपछि संसदको काम कारबाही प्रभावित भएको छ ।

प्रदेश नम्बर पाँचको सिमांकन हेरफेर गरी आएको संशोधन विधेयकले राष्ट्रिय एकता, सार्वभौम सत्ता र भौगोलिक अखण्डतामा आँच आउने एमालेको बुझाइ छ ।

सरकारले गत मंगलबार संसद सचिवालयमा दर्ता गरेको संशोधन विधेयक परिपक्व हुन पाँच दिन लाग्ने भएकाले संसदको अन्य कामकारबाही नरोक्न सभामुख ओनसरी घर्ती आग्रह गर्नुभएको छ ।

एमालेको अवरोवका कारण नेकपा माओवाद केन्द्रका सांसदहरुसँग मिलेर उसैले ल्याएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल समेत प्रभावित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ