प्रहरी र प्रदर्शनकारीबीच जुहारी चल्यो ,पुष्पलाल पार्कको शहीद स्तम्भमा तोडफोड 

प्रहरी र प्रदर्शनकारीबीच जुहारी चल्यो ,पुष्पलाल पार्कको शहीद स्तम्भमा तोडफोड 

  • बिहिबार, मंसिर १६, २०७३
  • शिव डुम्रे

  • 13.2K
    SHARES

बुटवल, मंसिर १६ ।
यतिबेला बुटवलको दृश्य बडो अनौठो देखिन्छ, १९ दिने जनआन्दोलनको बेलामा जस्तै प्रहरीहरु बाटोभरी तयारी अवस्थामा लाठीँ सहित देखिन्छन् भने सर्वसाधारणहरु घाम पानी नभनी बाटोमा चिच्याईरहेका छन् ।त्यस्तो कुनै चोक र गल्ली छैन जहाँ टायर नबोलेको होस् ।

बुटवलको मुख्य चोक पुष्पलाल पार्कमा अवस्थित सहित स्तम्भलाई घेरिएको पार्कको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त हुँदासमेत प्रहरी लाचार बनेर बसिरह्यो ।

पुष्पलाल पार्कको उत्तर दक्षिण पूर्व पश्चिम चारैतिरबाट एक्कासी आन्दोलनकर्ताहरुलाई उक्साएर तोडफोडको लागी लगियो , बार सबै भाचिए, सिमेन्ट र फलामका फिल्लरहरु उखालिए तर यत्तिमा सान्त भएन आन्दोलनकारीले सहित स्तम्भमा रहेको हसिया हतौडा अंकित झण्डा नफालेसम्म नछाड्ने भन्दै उग्र हुन थालेपछी प्रहरीले लाठीँचार्ज गर्यो, उताबाट ढुंगा फाल्ने र प्रहरीहरु दुई पाईला अगाडी बढ्ने अनौठो दृश्य यतिबेला बुटवलको पुष्पलाल पार्कमा देखियो । 

unnamed-2

सुरुमा एमालेनिकट अनेरास्ववीयूले नेतृत्वका गरेको भनिएको आन्दोलनबाट विद्यार्थी नेता एकाएक गायब भएपछि उग्र बनेका केही अराजक झुण्डले प्रहरीलाई नै ढुंगामुडा गर्न लाग्यो नेतृत्व हराएपछि झनै उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच जुहारी चल्यो ।

unnamed-3

आन्दोलन यसरी अराजक बनिरहेको छ । गोलपार्क, बुटवल बहुमुखी क्याम्पस गेट, पाल्पा बसपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, मिलनचोक, बसपार्क, चौराहा, जैपते, खैरेनी लगायतका क्षेत्रमा अत्याधिक जनसागर उर्लेको छ ।

unnamed-1

नारा जुलुससहित पुरै बुटवल नगर परिक्रममा गर्दै बुटवलस्थित नगरपालिका कार्यालय लगायतलाई घेरा समेत हालेका छन्् । विहानै ३ बटा सवारीमाथि आगजनी भएका छन् विवाहको गाडीमा समेत तोडफोड भएको छ ।

unnamed-4

बन्द भोली ३ बजेसम्मको लागी भने खुकुलो हुने संकेत देखिएको छ । भोली नै बुटवलको चौराहामा नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री बालकृष्ण खाणँ, एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, त्यस्तै कांग्रेसका नेता चन्दबहादुर भण्डारी, एमालेका प्रदिप ज्ञवाली, जनमोर्चाका नेता एवंम अन्य दलका नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

unnamed-5 unnamed-6 unnamed-8 unnamed-9

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी