अन्तिम पटक

अन्तिम पटक

  • बिहिबार, मंसिर १६, २०७३
  • - शीतल लामा( रामेछाप)

  • 7.4K
    SHARES

र्‍वाइर्‍वाइ र्वाइ र्‍वाइ
काठमाडौ को त्यो सडक जाम भित्र
एम्बुलेन्स मलाइ बोकेर
रफ्तारमा कुदिरहेथ्यो
मलाइ छटपटिदै बस्नुको सट्टा
अन्तिम पटक हस्पिटल पुग्नु अघि
अन्तिम पटक काठमाडौ नियाल्ने मन गरे
हो त्यसै समय हो।
मैले देह त्याग गरेको।
म उडिरहे माथी माथी
सैलुङ्को हिमपात लाई हत्केलामा खेलाएर
चौरिको सवारमा
म कुदिरहे
जहाँ नजानु पर्थ्यो त्यहा गैदिए
जे नगर्नु पर्थ्यो त्यो गरिदिए
जुन रहरहरुलाइ मैले
म हुदा छुन सम्म सकिन
अब त केबल आत्मा न थिए
हो मैले मनमौजी गरिदिए।
दारु पिए
चुरोट सल्काए
आफ्नै घरको नोकर सङ्ग
तोडिदिए कुमारित्त्व
सल्काइ दिए छिमेकिको बेस्याहलय
मारी दिए एक झापड आफ्नै बाउलाइ
जो जनतालाइ लुटेर बडो राजनिती गर्थ्यो।
भगि दिए माइला दमाई सङ्ग।
जिन्दगिको सुन्दर पल बिताउन।
हो मैले सब गरे
जो मैले बिउझदा गर्न चाहेर पनि
सकिरहेको थिएन।
मोजै मोज मा
भुलिसकेछु आफ्नो देहलाइ
फर्केर एक नजर लगाए
आइसियु बाहिर
लाम लागेर बसेका
मेरा टन्नै मलामिहरु निरास देखिन्थ्यो।
मैले आँखा खोल्ने प्रतीक्षा गरिरहेका थिए।
मैले आफुलाइ नियाले
साच्चै म निक्कै खुसी थे
मेरो सब्बै इच्छा पूरा भएको थियो।
मलाइ आझै डुलि हिड्ने रहर जागेर आयो
तिनिहरुलाइ सजाय दिउ झै लागेर आयो।
जस्ले,
मरेर लाने केही हैन थाहा पाउँदा पाउदै
बन्धन भित्र राखी दियो मलाइ।
म फन्नक फर्किनै के थाले थे
भिड भित्र
उन्लाइ देखे
र मन थाम्न सकिन
केही नसोची
अन्तिम पटक
सुलुक्क पसिदिए
आफ्नै निर्जीव शरीर भित्र
र त्यो जीव भयो।
” आमा”
हो आमाको हात बाट
अन्तिम पटक निलिदिए
स्वाधीन धुद र बिस्कुट
र अन्तिम पटक
आमा हासेको देखे
त्यही खुसिमा मैले
सधैको लागि
अन्तिम पट्क निदाइ दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी