अख्तियार प्रमुख कार्कीको योग्यता मुद्धामा आज सुनुुवाई हुदै

अख्तियार प्रमुख कार्कीको योग्यता मुद्धामा आज सुनुुवाई हुदै

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमान्डौ ,मंसिर १६।
अख्तियार दुरुपयोग अनसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यता सम्बन्धी पुनरावलोकन मुद्धाको सर्वाेच्चमा आज अन्तिम बहस हुदैछ ।

अख्तियार प्रमुख बन्न कार्कीको योग्यता नपुगको जिकीर गरिएको पुनरावलोकन मुद्धामा अन्तिम फैसलाका लागि सुनुवाई सुरु गर्ने पेसी एक साता अघि तय भएको थियो ।

कार्कीको मुद्दा साप्ताहिक सूचीको पाँचौँ नम्बरमा छ । कार्कीले आफै अदालत उपस्थित भई म्याद बुझेसँगै उनको मुद्दा सुनुवाइका लागि साप्ताहिक पेसीका लागि तयार भएको थियो ।

प्रधानन्याधिश सुशीला कार्कीले तीन वा त्यो भन्दा धेरै न्यायाधीशको बेन्चमा सुनुवाईका लागि पेसी तोक्नु हुने छ । कार्कीविरुद्ध दर्ता निवेदन पुनरावलोकन भएकाले लिखित जवाफ पेस नगरी सुनुवाई हुने सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।

सो मुद्धामा निरन्तर सुनुवाई भए यहि मंसिर महिना भित्र फैसला हुनसक्ने प्रशासनले जनाएको छ । कार्की पक्षले भने बहसका लागि धेरै कानुन व्यवसायी नियुक्त गरी मुद्धा लम्ब्याउने रणनीति तयार गरेको बताइएको छ ।

संसदमा कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ताभएपछि कार्की अहिले निलम्बनमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ