आज विश्व एड्स दिवस, नेपालमा एचआईभी संक्रमण घट्दो

आज विश्व एड्स दिवस, नेपालमा एचआईभी संक्रमण घट्दो

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

१६ मंसिर, काठमाण्डौं ।

आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी एड्स दिवस मनाइदैछ ।

यो बर्षको नारा हामि सबैको काम ,एचआईभिको रोकथाम भन्ने तय गरिएको छ ।

एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउनुका साथै एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने र एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।

हाल विश्वमा ३ करोड ३३ लाख मानिस एचआईभि संक्रमित छन् । नेपालमा भने करिब ३९ हजार ३ सय ९७ जनामा संक्रमण रहेको स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले जानकारी दिनुभयो ।

ती मध्ये पुरुष २४ हजार ४ सय ४९ र महिला १४ हजार ९ सय ४८ रहेका छन । भने १५ बर्षदेखि ४९ बर्ष उमेर समुहमा भने ० दलमलभ २ प्रतिशत एचआईभि दर रहेको डा पौडेलले बताउनु भयो ।

सन् २००० को तुलनामा ३५ प्रतिशतले एड्सको संक्रमण दर घट्नुका साथै बच्चामा हुने संक्रमणदर पनि ५८ प्रतिशतले कमि आएको तथ्याङकले देखाएको छ ।

नेपालमा पनि एचआईभि ÷एड्स सम्बन्धि बढ्दो जनचेतनाले हाल यो रोगका बिरामि घट्दै गएको स्वास्थ्य मन्त्रालयको दाबी छ । हाल एचआईभिका नयाँ संक्रमण ८० प्रतिशत र एड्बाट हुने मृत्यु २२ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक सन् १९८८ मा एचआईभी भित्रिएको थियो ।

संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

दिवशका अवसरका एड्बारे जनचेतना जगाउन आज सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले बिशेष कार्यक्रमको आयोजना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी