ब्यावस्थापिका संसद बैठक आज बस्दै

ब्यावस्थापिका संसद बैठक आज बस्दै

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाण्डौ ,१६ मंसिर ।

व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बज बस्ने बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुने छ ।

संसदले महाभियोग प्रस्तावमाथि थप छलफल गरेपछि आजै महाअभियोग सिफारिस समितिमा पठाउने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनु भयो ।
संसदले महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको ३० दिन भित्रमा समितिले थप अध्ययन र अनुसन्धान गरे पछि संसदमा सिफारिस गर्ने छ ।

गत कार्तिक ३ गते संसद सचिवालयमा दर्ता भएको काकीविरुद्धको महाअभियोग प्रस्ताव ९ गते संसदमा टेबल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी