मध्यमाञ्चलमा ५० उपआयोजनाका लाभग्राहीहरुलाई अनुदान सम्झौता पत्र हस्तान्तर

मध्यमाञ्चलमा ५० उपआयोजनाका लाभग्राहीहरुलाई अनुदान सम्झौता पत्र हस्तान्तर

समसयमै काम गरी बढीभन्दा बढी लाभ लिन आग्रह

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,१५ मंसिर ।

व्यवसायिक कृषि तथा व्यापार आयोजनाको उपआयोजना मूल्यांकन समितिका अध्यक्ष योगेन्द्रकुमार कार्कीले आयोजनाका लाभग्राहीहरुलाई समयमै काम सम्पन्न गरी बढीभन्दा बढी लाभ लिन आग्राह गर्नुभएको छ ।

कृषि मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कार्कीले आयोजनाको चौथो आह्वानअन्तर्गत पूरक अनुदान प्राप्त गर्ने संघसंस्थाका प्रतिनिधीहरुलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै यस्तो भन्नुभएको हो ।
आयोजनाले काठमाडौंमा मंसिर १५ गते एक कार्यक्रम आयोजना गरी ५० साना तथा मझौला उपआयोजनाका अनुदानग्राहीरुहरुलाई अनुदानपत्र हस्तान्तरण गरेको छ । बाँकी अनुदानग्राहीहरुलाई उनीहरुलाई पायक पर्ने जिल्ला तथा स्थानहरुमा यस्तै कार्यक्रम आयोजना गरी अनुदानपत्र प्रदान गरिने आयोजना निर्देशक डा। गोविन्द प्रसाद शर्माले बताउनुभयो । उहाँले आयोजनाबाट करिव २२ करोड रुपैयाँभन्दा बढी अनुदान दिने अनुदानपत्रहरु हस्तान्तरण गरिएको बताउनुभयो ।

यसमा पूरक अनुदानको लाभग्राहीको अंशका लागि कृषक समुह, साना किसान तथा कृषि व्यवसायीहरुबाट करिव साढे ४६ करोड गरी कृषि क्षेत्रको व्यवसायीकरणमा करिव ६९ करोड लगानी हुने बताउनुभयो ।
मध्यमाञ्चलका १७ जिल्लाहरुबाट १ सय ६८ अनुदानग्राही संस्थाहरु छनोटमा परेका थिए । तीमध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोट जिल्लाका अनुदानग्राहीहरुलाई बुधबार अनुदान पत्र प्रदान गरिएको हो । साना उपआयोजनाका लागि बढीमा ३५ लाख रुपैयाँ र मझौला उपआयोजनाका लागि बढीमा १ करोड रुपैयाँ अनुदान प्रदान गरिन्छ । मध्यमाञ्चलमा मात्र ७५ करोड रुपैयाँभन्दा बढी पूरक अनुदानवापत प्रदान गरिने छ ।

pact
कार्यक्रमको सञ्चालन आयोजनाका वरिष्ठ योजना अधिकृत दिनेशप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा आयोजनाका प्राविधिक सल्लाहकार डा। प्रभाकर पाठकले उपआयोजनाहरुलाई नियम संगत ढंगले काम गर्न सुझाव दिनुभयो ।

आयोजना कार्यान्वयन सहयोग समुहको कार्यालयका प्रमूख वासुदेव शर्माले पनि समयमै काम गर्नमा जोड दिनुभयो । कार्यक्रमलाई कफी व्यवसायी श्यामप्रसाद भण्डारी, फूल व्यवसायी मिनर्वा विष्टलगायतको पनि सहभागिता थियो। उहाँहरु उपआयोजना मूल्यांकन समितिका सदस्य हुनुहुन्छ । कार्यक्रममा प्राविधिक सहयोग सेवा प्रदायक उपक्रमका टिम लिडर विरेन्द्रवीर बस्नेतले उपआयोजनाको अनुगमन खाका प्रस्तुत गर्नुभयो । आयोजनाबाट आंशिक अनुदान लिई सञ्चालित कार्यक्रमलाई उपआयोजना भनिन्छ ।

pact
कार्यक्रममा लाभग्राहीहरुका प्रतिनिधीहरुले छोटो समयमा उपआयोजना सञ्चालन गर्न कठिन पर्नसक्ने आशंका व्यक्त गर्दै सबै तर्फबाट सहयोग प्राप्त भए समयमै सम्पन्न गरी विश्व बैंकसामु देशको नाम उचो राख्न प्रयास गर्ने बताएका थिए । कार्यक्रमको अध्यक्षता गरिहेका आयोजना निर्देशक डा। शर्माले सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिँंदै साँच्चिकै काम गर्न १ वर्षको अवधी कम नहुने र गर्न चाहे धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले आयोजनाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोजनाका अन्यकर्मचारीहरु सहित विषयगत विज्ञहरु पनि सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी