सेउतीमा गाईमा ठोक्किएर खतरनाक मोटरसाईकल दुर्घटना, एकको मृत्यु

सेउतीमा गाईमा ठोक्किएर खतरनाक मोटरसाईकल दुर्घटना, एकको मृत्यु

  • बुधबार, मंसिर १५, २०७३
  • भरतराज शर्मा(गोपाल)

  • 14.6K
    SHARES

धरान १५ मंसीर । कोशी लोकमार्ग अन्तर्गत इटहरी खण्ड तर्फको सेउती पुल नजिकै मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
आज दिउसो १ बजेतिर बाटोछेउमा गाईमा ठोक्किएर दुर्घटना हुदा चालक तेह्थुम म्यागलुङ ८ का अन्दाजी २५ वर्षीय पुष्पकुमार श्रेष्ठको उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा मृत्यु भएको हो । गाडीले ठक्कर दिए पछि मोटरसाईकल चालक मोटरसाईकलको हेडमा बेहेरिन पुगेका थिए ।
उनी इटहरीबाट आउँदै गरेका थिए । श्रेष्ठलाई उपचारका लागि प्रतिष्ठानको गेट ल्याइपुर्याउँदा नपुर्याउँदै मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले पुष्टी गरेको प्रतिष्ठान प्रहरी पोष्टका सई तिलक गिरीले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी