केसीको अनसन तोडाउन गोदानले दियो सरकारलाई २४ घण्टे अल्टिमेटम

केसीको अनसन तोडाउन गोदानले दियो सरकारलाई २४ घण्टे अल्टिमेटम

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमान्डौ मंसिर १५ ।
१८ औ दिनदेखि आमरण अनसनमा बसिरहनुभएका डा गोविन्द केसीका माग तत्काल संबोधन गरी अनसन तोडाउन सरकारी चिकित्सक संघ नेपाल गोदानले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

गोदानले आज बिज्ञप्ति जारी गरी डा केसीको जीवन रक्षाका लागी उहाको माग पुरा गराएर अनसन तोडाउन माग गरेको हो ।

केसीका प्रतिनिधि र सरकारी पक्ष बिच पटक पटक भएको वार्तँ पनि निश्कर्षबिहिन भएपछि २४ घण्टाभित्र डाक्टर केसीको अनसन समाप्त गर्न पहल नगरे सरकारी स्वास्थ्य संस्थामा सेवा दिन नसक्ने चेतावनी दिएको छ । बार्ता निश्कर्ष बिहिन हुनु स्वार्थ समुहको खेल हुनसक्ने गोदानले जनाएको छ ।

गोदानमा मुलुकभरका क्षेत्रीय, अञ्चल, जिल्ला, तथा प्राथमिक स्वास्थ्य संस्थामा कार्यरत झण्डै १ हजार ३ सय चिकित्सक आबद्ध छन् ।

अनसनरत डाक्टर केसीको मागबारे आज चौथो दिन पनि वार्ता हुने भनिए पनि समय तोकिएको छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी