आवासीय चिकित्सकद्धारा आज देखि आकस्मिक बाहेकका सेवा बहिष्कार

आवासीय चिकित्सकद्धारा आज देखि आकस्मिक बाहेकका सेवा बहिष्कार

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ, मंसिर १५ ।
वरिष्ठ चिकित्सक डा गोविन्द केसीको माग संबोधनका लागि भन्दै त्रिवि शिक्षण अस्पताल महारजगन्जका आवासीय चिकित्सकले आज देखि आकस्मिक सेवा बाहेक अन्य सेवा बहिष्कार गर्ने भएका छन् ।

वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै चिकित्सा शिक्षा र सेवा सम्बन्धी विभिन्न माग राख्दै अनसन बस्नु भएका डा केसीको जीवन रक्षाको लागि आजदेखि आकस्मिक बाहेक अन्य सेवा बहिष्कार गरिएको रेजिडेन्ट डक्टर्स एसोसिएसनले जनाएको छ ।

डा केसीको माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्य स्वरुप आवासीय चिकित्सकहरुले विभिन्न चरणमा आन्दोलन गर्दै आइरहेका छन् । यस अघि पनि उनीहरुले बहिरंग सेवामा काम गरेका थिएनन् ।

डा. केसीको माग सम्बोधनका लागि गठन भएको सरकारी  वार्ता टोली र केसीका प्रतिनीधि विच तीन दिन सम्म वार्ताको प्रयास भए तापनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन । आज चौथो दिन पनि वार्ताको प्रयास भइरहेको बताइएको छ ।

१८ औ दिन देखि दशौं पटक अनशनमा बस्नु भएका डा केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी