युएई ।
क्षयरोग लागेर उपचाररत एक नेपालीको मलेसियामा मृत्यु भएको छ । सिन्धुपाल्चोक पङाटन का देब दोङ तामाङको सोमबार जोहर स्थित सुल्तान अस्पतालमा मृत्यु भएको हो ।
मलेसियाको जोहरमा रहेको बिन्सन कम्पनी मा कार्यरत दोङ बिरामी भए पछि उपचारका लागी अस्पताल भर्ना गरीएको थियो । १० दिन अघि अस्पताल भर्ना भएका उनको सोमबार मृत्यु भएको हो ।
वैदेशिक रोजगारी का लागी करिब डेढ बर्ष अघि उनि मलेसियाको जोहोर राज्यमा आएका थिए ।उपचारमा कम्पनिले चासो नदेखाउदा ढिलाइ भय पछि दोङको मृत्यु भएको जानकारी सोही कम्पनीमा कार्यरत नेपाली हरुले दियका छन ।
हाल अस्पतालमा रहेको उक्त सब लाई नेपाल कहिले पठाउने वा ब्यक्तिगत रुपमा आफन्तले झिकाउनु पर्ने भन्ने बिसयमा कुनै आधिकारिक जानकारी कम्पनीले नदिएको टेलीफोन सम्पर्क मार्फत मृतकका मामा प्रतीक तामाङ ले दिएका छन ।
मलेसियामा पछिल्लो समय विभिन्न कारण बाट दैनिक जसो नेपाली हरुको मिर्तु हुने गरेको छ भने सरकारले मलेसियाको रोजगार लाई ब्यबस्थित बनाउन खासै ठोस कदम चालेको देखिदैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
