समाजिक कुरिती हटाउन जुटे नवलपरासीको युवाहरु

समाजिक कुरिती हटाउन जुटे नवलपरासीको युवाहरु

  • मङ्लबार, मंसिर १४, २०७३
  • रबिन्द्र यादव

  • 8.1K
    SHARES

मङ्सिर १४, नवलपरासी ।
कुलतमा फंस्दै गलत ट्रेकमा हिडिरहेका युवाहरुकोकिनारा लगाउन युवा जमातले अभियान थालेको छ । पछिल्लो समयदेखि युथ जेनेरेशन लागु औषधमा लागि आफनो भविष्य अन्धकारमा धकेलिरेको हुनाले त्यस्ता युथहरुलाई सहि ट्रेकमा ल्याउन युवाहरुले अभियानथालेका हुन् ।
चेतनाको दृष्टिकोणले निकै पछाडी परेको नवलपरासी जिल्लाको ग्रामिणक्षेत्रमा लागु औषध तर्फ बढदो युवा जमातहरुलाई सहि बाटोमा ल्याउन विभिन्न खालको जनचेतना मुलक कार्यक्रमहरु गरिदै आइएको मधेश युवा उत्थान विकास मञ्चका अध्यक्ष धिरज त्रिपाठीले बताउनु भयो । तमलोपा बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीका भतिजो रहेको धिरज त्रिपाठीले जनचेतनाकै कारणले यस क्षेत्रमा महिला हिंसा, नरबलि, हत्या, रेपकेस, चोरी तस्करी मानव बेचविखन र लागु औषधको प्रयोग तथा ओसारपोसार जस्ताका विभिन्न घटनाहरु घटदै आएको बताउनु भयो ।
बेरोजगार युवाहरु काम नपाएर कुलतमा फंस्दै गएछन् । देशको मुख्य जनशक्ति युवा जमात यसरी कुलतमा फंस्ने र बेरोजगारीका कारण विदेश पलायन हुदै गए भने देशको विकास असम्भव देखिएको अध्यक्ष त्रिपाठीले धारणा राख्नुभयो । सरकारले जसरी शिक्षामा बृहत लगानी गर्दै आएछ त्यसरीनै युथ सरकललाई देशमै श्रम गर्नेगरि रोजगारीको वातावरण श्रृजना गर्न आवश्यक छ ।
जिल्लामा बढदै गएका मानव बेचविखन, लागु औषधको प्रयोग, हत्या र चोरी तस्करीका घटनाहरुलाई न्युनिकरण गर्न विभिन्न खालको जनचेतना मुलक कार्यक्रमहरु गरिदै छ भने गरिबी निवारणका लागि शिप मुलक तालिम, युवाहरुको सुचनामा पहुँच, युवा क्षमताको विस्ता र जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार जस्तो लक्ष्य बोकी यस यस मन्चले काम गर्दै आएको मञ्चका उपाध्यक्ष युवराज मौर्यले बताउनु भयो ।
मञ्चले आर्सेनिक पाईएको विभिन्न गाविसहरुमा विशुद्ध खानेपानीको व्यवस्था मिलाईएको छ भने कुलतमा फंसेका युवाहरुलाई जनचेतना मुलक कार्यक्रम, विद्यार्थीहरुलाई स्टेशनरी वितरण, वृद्ध तथा एकल महिलाहरुलाई राहत सामाग्री वितरणर गाउगाउँमा अन्तरकृया कार्यक्रमसमेत गर्दै आइएको छ ।
सन २०६९ सालमा जिल्लाभरि कार्यक्षेत्र तोकि स्थापना भएको यस युवा मञ्चले गरिब तथा विपन्न परिवारका छोरीहरुको विवाह गराउने,महिलाहरुलाई शिलाई कटाई तालिम दिने, सरसफाईमा जनसहभागिता बढाउने, वातावरण संरक्षण गर्ने, चेलीबेटी बेचविखन रोकथाम गर्ने, युवा पुस्तालाई सहि मार्गदर्शनमाल्याउने, लागु औषधको न्युनिकरणका लागि जनचेतना जगाउने, गरिवी निवारणका लागि युवाहरुलाई शिपमुलक तालिमको व्यवस्था मिलाउने संस्थाको आगामी लक्ष्य रहेका मञ्चका अध्यक्ष त्रिपाठीलेबताउनु भयो ।
बिनाकुनै व्यक्तिगत स्वार्थ आफनो व्यक्रिगत लगानीमा यस संस्थाले विगतका वर्षहरुदेखि नै समाजका हकहितमा काम गर्दै आएको स्थानिय युवा हरि ज्ञवालीले बतउनु भयो । ज्ञवालीका अनुसार छरिएर बेरोजगार युवाहरुलाई शिपमुलक तालिम दिई विभिन्न उद्योग तथा संघसंस्थाहरुमा रोजगार समेत दिलाउने काम यस संस्थाले गर्दैआएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ