एसीसी महिला क्रिकेटमा नेपालको लगातार तेस्रो पराजय, बंगलादेशसगँ ९२ रनको हार

एसीसी महिला क्रिकेटमा नेपालको लगातार तेस्रो पराजय, बंगलादेशसगँ ९२ रनको हार

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, मंसिर १४ । थाइल्यान्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत् नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ ।तेस्रो खेलमा बंगलादेशसगँ नेपाल ९२ रनको फराकीलो अन्तरले पराजीत भयो । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १३३ रन जोड्यो ।
एक सय ३४ रनको बिजय लक्ष्य पछ्याएको नेपाल केबल ४१ रनमा १७.३ ओभरमा अलआउट भएको थियो । नेपालका लागि सिता रानाले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ईन्दु बर्माले ९ तथा रुवीना क्षेत्रीले ७ रन जोडेकी थिईन ।
बंगलादेशका लागि निगर सुल्तनाले ३९ तथा सन्जिदा स्लामले ३५ रनको योगदान दिए । बलिङतर्फ नेपालकी संगीता राईले २ विकेट लिइन् ।यस अघि नेपाल पाकिस्तान र श्रीलकासगँ पराजीत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी