चलचित्रको विकासका लागी ‘बक्स अफिस’ प्रणाली लागू गरिने : कार्की

चलचित्रको विकासका लागी ‘बक्स अफिस’ प्रणाली लागू गरिने : कार्की

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,१४ मंसिर ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना ल्याउन लागेको बताउनु भएको छ ।

चलचित्र निर्माता सङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले चलचित्र क्षेत्रको विकास र व्यावसायीकताका लागी कार्ययोजना अगाडि बढिसकेको भन्दै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले ‘बक्स अफिस’ प्रणाली लागू गरिने पनि बताउनु भयो । नेपाली चलचित्रको विकास र विस्तार हुनु जरुरी रहेको उल्लेख गर्दै उहाले बक्स अफिस अविलम्ब कार्यान्वयन गराउन चलचित्र विकास बोर्डलाई निर्देशन दिने पनि बताउनु भयो ।

चलचित्र क्षेत्रको विकासका लागि भएका सम्पूर्ण मागलाई सकारात्मक रुपमा लिएको भन्दै मन्त्री कार्कीले चाँडै चलचित्र विकास बोर्डमा गई अनुगमन गर्ने पनि प्रतिबद्धता जनाउनु भयो ।
सङ्घले बुझाएको ज्ञापनपत्रमा राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गर्न, कार्यान्वयन तथा अनुगमन समितिलाई सक्रिय बनाउन तथा कार्य गर्ने वातावरण निर्माण गर्न र बक्स अफिस अविलम्ब

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी