नेपालले आज बंगलादेशको सामना गर्दै

नेपालले आज बंगलादेशको सामना गर्दै

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमान्डौ मंसिर १४।
थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट प्रतियोगीतामा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले आज प्रतियोगिताको तेस्रो खेल अन्तर्गत बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यी दुइ टोली विचको खेल बैकंक स्थित एसियन इस्टीच्युट टेक्नोलोजिको खेल मैदानमा दिउसो पौने १ बजे बाट सुरु हुने छ । यी दुवै टोली पहिलो जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रनेछन् ।

यस अघि हिजो श्रीलङकासँग भएको खेलमा नेपाली महिला टोली ८ विकेटले पराजित भएको छ । यस्तै पाकिस्तानसँग भएको पहिलो खेलमा पनि नेपाल ९ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा दुइ खेल हारेको नेपाल आजको खेल जित्दै अंक तालिकामा खाता खोल्ने दाउमा छ । तर टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशविरुद्धको खेल पनि नेपाली महिला टोलीका लागि सहज भने हुने देखिएको छैन ।

६ टोली सहभागी प्रतियोगिताको सबैभन्दा कमजोर टिम मानिएको नेपाल अंक तालिकाको पुछारमा छ ।

दोस्रो चरणको समाप्तिसम्म सत्प्रतिशत नतिजासहित भारत र पाकिस्तान शीर्ष दुईमा छन् भने श्रीलंका र बंगलादेश तेस्रो र चौथो स्थानमा छन् ।

अंकविहीन भए पनि आयोजक थाइल्याण्ड रन रेटका आधारमा नेपालभन्दा माथि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी