पोखरामा पनि चौथो आह्वान अन्तर्गतका उपआयोजनाका आवेदकहरुलाई अनुदान सम्झौता हस्तान्तरण

पोखरामा पनि चौथो आह्वान अन्तर्गतका उपआयोजनाका आवेदकहरुलाई अनुदान सम्झौता हस्तान्तरण

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

मंसीर १३ पोखरा । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले मंसिर १३ गते पोखरामा एक कार्यक्रम आयोजना गरी चौथो आह्वान अन्तर्गतका उपआयोजनाका आवेदकहरुलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रका५३ उपआयोजनाहरुलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गरिएको आयोजनानिर्देशक डा. गोविन्द प्रसादशर्माले बताउनुभयो । उहाँले कार्यक्रमलाई सम्बोधनगर्दै समयमै उपआयोजना सम्पन्नगर्न अनुदानग्राहीहरुलाई सुझाव समेत दिनु भयो ।
२३ करोड ६३ लाख बराबरको अनुदानप्रदानगर्ने गरी सम्झौता गरिएको हो । उक्त सम्झौताको पूरक अंशतर्फ अनुदानग्राहीले ३४ करोड ६ लाख गरी कृषि क्षेत्रको व्यवसायीकरणका लागि५७ करोड ६९ लाखलगानीहुने पनिआयोजना निर्देशक डा. शर्माले बताउनु भयो ।
कार्यक्रममाआयोजनाका प्राविधिक सल्लाहकार डा. प्रभाकर पाठकले कार्यक्रमआयोजनाको उद्देश्यबारे प्रस्ट पार्नुभयो भने, प्राविधिक सेवाप्रदायक संस्थाका टिम लिडर डा.विरेन्द्रवीर बस्न्यातले उपआयोजनाको अनुगमन सम्बन्धी मार्गचित्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमलाई आयोजनाकार्यान्वयन सहयोग समुहकानिवर्तमानप्रमूखवसन्तकुमार श्रेष्ठ तथावर्तमानप्रमूखबमबहादुर थापाले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा अनुदानग्राहीका प्रतिनिधी, क्षेत्रीय कृषिनिर्देशनालय तथा क्षेत्रीयपशुसेवा निर्देशनालय, जिल्ला स्थित कार्यालका प्रमूख तथा प्रतिनिधीहरुले समेत आआफ्नो मन्तव्य राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी